लोकतान्त्रिक आदिवासी जनजाती महासँघ नेपाल कोशी प्रदेश कमिटीको बैठक महासँघको उपमहासचिब क• देवराज राईको अध्यक्षता एबँ नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्ष क. तुलसी न्यौपानेको प्रमुख आतिथ्यमा २०८०-१-८ गते बिराटनगरमा सम्पन्न भएकोछ ।
बैठकमा महासँघको जिल्ला कमिटी अध्यक्षहरुले आआफ्नो जिल्लाको समसामयिक राजनिती र महासँघको सागाठानिक गतिविधीबारे रिपोर्टीङ प्रश्तुत गर्नु भएको छ । त्यसै गरी बैठकले हालै सम्पन्न महासँघको दोश्रो राष्ट्रीय महाधिवेसनबाट निर्वचित कोशी प्रदेशबाट प्रतिनिधित्व गर्नु हुने केन्द्रिय कमिटी सदस्यहरु र पदाधिकारीहरुलाई बैठकको प्रमुख अतिथी क. तुलसी न्यौपानेको हातबाट खादा लगाई
बधाई ज्ञापन गरिएको छ ।
