एमाले आज

केन्द्रीय कमिटीको तेश्रो विस्तारित बैठक सम्पन्न ।

सेयर गर्नुहोस्

केन्द्रीय कमिटीको तेश्रो विस्तारित बैठक सम्पन्न । 

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको केन्द्रीय कमिटीको तेश्रो विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिको रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक क. भानुभक्त ढकाल, अतिथिको रुपमा पार्टी केन्द्रीय सदस्य तथा संगठन इन्चार्ज क. यज्ञराज सुनार, के.स. जेएन थपलिया, क.विजय सुवेदी, कृष्णभक्त पोखरेल, क.रामप्रसाद न्यापाने लगाएतका नेताहरु हुनुहुन्थ्यो । बैठकमा संगठनका अध्यक्ष विनोद पाण्डे, ब.उपाध्यक्ष लालकाजी गुरुङ्ग, उपाध्यक्ष रविन्द्र पण्डित, महासचिव ध्रुवराज लम्साल, केन्द्रीय सचिवहरु, कोषाध्यक्ष, केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्लाका अध्यक्षहरुको उपस्थिति थियो । उपमहासचिव मदन के.सी.ले संचालन गर्नु भएको उक्त बैठकको अध्यक्षता संगठनका अध्यक्षले गर्नु भएको थियो । बक्ताहरुमा प्रमुख अतिथि, संगठन इन्चार्ज तथा चितवन पार्टी जिल्ला अध्यक्ष रहनु भएको थियो । बैठकमा सवै प्रदेशको प्रतिनिधित्व गर्दै इन्चार्ज कमरेडहरुले रिपोर्टिङ्ग गर्नु भएको  थियो । बैठक महत्वपूर्ण एजेण्डामा छलफल गर्दै निर्णय समेत गरेर समापन भएकाे थियो । बैठकमा भएका निर्णयहरु हलले पास गरेको छ । थप निर्णय गर्नु पर्ने भएमा केन्द्रीय पदाधिकारीले गर्ने प्रस्ताव समेत पास गर्दै बैठक सकिएकाे छ । 

हामीसँग जोडिनुहोस्