एमाले आज

रिटर्नी फेडेरेशन नेपाल सप्तरीको अध्यक्षमा यदुनन्दन यादव

सेयर गर्नुहोस्

उत्तम आचार्य
कञ्चनरुप, ६ असोज ।
 नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट जन वर्गीय सङ्गठन ‘रिटर्नी फेडेरेशन नेपाल’ सप्तरीको अध्यक्षमा यदुनन्दन यादव चयन भएका छन् ।
राजविराजमा शुक्रबार सम्पन्न  प्रथम जिल्ला अधिवेशनले यादवको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।गठित समितिको उपाध्यक्षमा ईल्ताफ सेख र जाकिर मियाँ, सचिवमा भगवती यादव, सह–सचिवमा श्यामलाल यादव, सूर्य नारायण खत्वे चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा दिपेन्द्र कुमार मुखिया पिताम्बर यादव, शिवदेव यादव, रमेश शर्मा, सकल देव यादव, दिनेश प्रसाद दास, विष्णु देव शर्मा, रतन पैकरा, शिव नाथ मण्डल, प्रदीप कुमार राय, इनुस कमरिया, मो आलम ,राघ वेन्द राज ,राजानन्द चौधरी ,प्रदीप कुमार पण्डित ,जगधर शाह ,रामानन्द चौधरी ,सन्तोष कुमार शाह ,मो सुभानी ,मो. नसरुल र वद्री नारायण यादव रहेका छन् ।
कार्यक्रमका बोल्दै प्रमुख अथिती रिट्रनी फेडेरेशन नेपालका केन्द्रीय उपाध्यक्ष राम कृष्ण घिमिरेले नेपाली राजनीतीक, सामाजिक, आर्थिक समृद्धि ल्याउन युवाहरूले महत्त्वपूर्ण भुमिका खेलेको बताए । जनताको मुहारको मुस्कान युवाहरु नै मिलेर जोगाउन सक्ने उनले  स्पष्ट पारे । उनले नेपालको हरेक आन्दोलनमा प्रबासमा रहँदा नेपालीहरुको महत्वपूर्ण योगदान हुने तर बिदेश गएर फर्कंदा सांगठनिक जिम्मेवारी नहुने कार्यको अन्त्यका लागि रिटर्नि फेडेरेसन नेपालको जन्म भएको बताए । विदेशमा नेपालीले कमाएको सीप क्षमता सदुपयोग गर्न राज्यले नसकिरहेकाले राजनीतिमार्फत आर्थिक समृद्धिमा लाग्न सङ्गठन बनाएको उनले बताए ।नेकपा एमाले केन्द्रीय सदस्य दिवाकर देवकोटाले विदेशबाट फर्किएकाहरुले कामसँगै अन्य धेरै कुरा सिकेर आएको र ती ज्ञान र सिपलाई देश निर्माणमा सदुपयोग गर्न आवश्यक रहेको बताए । विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएका हुने भन्दै उनले त्यसलाई देश निर्माणको काममा लगाउन रिटर्नी नेतृत्वलाई सुझाव दिए । उनले नेकपा एमाले जनताको पार्टी भएको हुनाले सारा जनमत एमालेको पक्षमा रहेको उल्लेख गरे ।
नेकपा एमालेकी केन्द्रीय सदस्य सरिता गिरी यादवले बैदैशिक रोजगारीबाट फर्किनुभएका सम्पूर्ण सप्तरी जिल्लावासी युवा साथीहरुलाई स्वदेश मै उध्मशिलता र उत्पादन सँगै रिट्रनी अभियानमा जोडिन आग्रह गरिन ।
कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालकी केन्द्रिय सचिव सरिता चौधरीले विदेशबाट फर्केका नेपालीहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल भएको हुँदा सबैलाई संगठनमा आबद्ध हुन आग्रह गरिन । उनले ज्ञान सीपलाई प्रयोग गर्ने गरी यो संगठनले काम गर्ने बताउँदै देशलाई अगाडी लैजान क्षमता भएका युवाहरुले भूमिका खेल्नुपर्नेमा जोड दिइन । ज्ञान सीपलाइ प्रयोग गर्ने गरि यो संगठनले काम गर्ने बताउँदै चौधरीले देशलाई अगाडि लैजान क्षमता भएका युवाहरुले भूमिका खेल्नु पर्ने बताईन ।
 रिटर्नी फेडेरेसन सप्तरीका उपाध्यक्ष जगधर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरी, सँगठन समन्वय समयन्त्र सँयोजक दुर्गानन्द ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन तथा स्वागत मनतव्य रिटर्नी फेडेरेसनका नवराज अधिकारीले गरेका थिए ।
साभार ः न्युज टुडे  

हामीसँग जोडिनुहोस्