नेकपा एमालेले २०८० मंसिर १४ देखि पौष १ गतेसम्म संचालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ्ग, संमृद्धिका लागि संकल्प यात्रा-२०८० मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनलाई अवधिभरको लागि अभियानको सुरक्षाको जिम्मेवारी सुम्पियो । सोहि कार्यको शिलसिलामा संगठनका अध्यक्ष कमरेड विनोद पाण्डेको नेतृत्वमा उपमहासचिव कमरेड मदन केसी, सचिव कमरेड सुधिर थापा, के.स.कमरेड ध्रुवराज कार्की, बा.प्र.क.सदस्य कमरेड हेम खत्री, सूर्यविनायक नगरकमिटी सदस्य कमरेड कुमार खड्का र संगठनका सदस्य कमरेड धिरज कार्कीको टोलीले जिम्मेवारीलाई कुसलतापूर्वक सम्पन्न गरिएको छ । यात्राका क्रममा सडक खण्डमा पर्ने विभिन्न स्थानमा रहेका जिल्लाहरुमा संगठनका कमरेडहरुसंग पनि भेटघाट गरियो । यस अभियानले पार्टीको राजनैतिक, सांगठनिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय क्षेत्रमा राष्ट्रलाई उच्च बनाउन मद्दत गरेको छ । जनताको अपार माया र उत्साह अभियानमा पार्टीको सवैभन्दा ठूलो बस्तु बनेको छ । न भूत न सजिलै भविष्य हुन सक्ने यस ऐतिहासिक अभियान पूर्ण रुपमा फलदायी बनेको छ । यस अभियानमा संगठनको गतिविधिका कारण पार्टी सिंगो नेतृत्वले संगठनलाई हार्दिक आभार व्यक्त गरेको छ । यस महाअभियानले संगठनको संगठन निर्माण, व्यवस्थित र सुदृढकरणमा पनि ठूलो टेवा मिलेको छ ।
झुलाघाट-चिवाभञ्ज्याङ्ग संमृद्धिको लागि संकल्प यात्रा-२०८० मा संगठनको भूमिका
सेयर गर्नुहोस्
