१. पृष्ठभूमी
नेपाल निर्माणको इतिहासमा एक महत्वपूर्ण हिस्साको रुपमा रही वीर गोर्खाली भनेर विश्वलाई चिनाउने नेपाली सैनिक÷प्रहरीहरु सन् १९१४–१९१६ को साम्राज्यवादी आक्रमणको विरुद्ध, २००७ सालको जहानियाँ राणा शासन, ०४६ को निरङ्कुश पञ्चायति शासन विरुद्ध, ०६२/०६३ को शान्तिपूर्ण महान जनआन्दोलन एवम् देश र जनताको हितमा भएका विभिन्न खाले राजनीतिक आन्दोलनहरुमा सेवामा बाहाली रहँदा मौन समर्थन र सेवानिवृत्त भए पश्चात् सक्रिय सहभागीता जनाउँदै खेलेको महत्वपूर्ण भूमिकालाई आत्मसाथ गर्दै भूतपूर्व सैनिक तथा प्रहरीहरुलाई संगठित गर्ने उद्देश्यका साथ आफ्नो हकहित र उन्नतिको लागि सक्रिय गराउन वि.सं ०४७ साल पौष २३ मा “नेपाल राष्ट्रिय स्वतन्त्र भूतपूर्व सैनिक संगठन” नामक संगठनको स्थापना भएको थियो । २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनवर्गीय संगठनको रुपमा प्रथम सम्मेलन भएपनि २०४७ सालको स्थापना मितिलाई पहिलो सम्मेलनको रुपमा आत्मसात गरी बुटवलको सम्मेलनलाई दोस्रो सम्मेलनको रुपमा अंगिकार गरेका छौं । २०६२ चैत्र १९–२० मा भरतपुरमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट संगठनको नाम परिमार्जन गरी “नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन– नेपाल” नामाकरण गरिएको छ । २०६८ पौष १–२ गते पोखरामा सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट “नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन” को रुपमा निरन्तरता दिइएको छ ।
देशको राजनीतिक, आर्थिक, शैक्षिक र साँस्कृतिक विकासमा समेत महत्तवपुर्ण भूमिका यो संस्थाले निर्वाह गरेको छ । राष्ट्रिय सुरक्षा, आन्तरिक शान्ति सुरक्षाको सुदृढीकरणका सवालमा भूतपूर्व सैनिक तथा प्रहरीहरुको अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गर्नु पर्नेछ । भूतपूर्वहरु स्वदेश तथा विदेशसँग समेत सम्वद्ध रहेका कारण धेरै समस्याहरु सिर्जना भएका छन् । त्यसको समाधान गर्दै भूतपूर्व सैनिक तथा प्रहरीहरु माथिको अन्यायको अन्त्य गर्न जरुरी छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई बलीयो बनाउँन महत्वपूर्ण भूमिका खेल्नु पर्नेछ । विचारको सवालमा माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त एवम् जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त मानी लोकतन्त्र, मानवअधिकार, विधीको शासन, समावेशीकरणलाई संस्थागत गर्दै, समाजवाद उन्मुख राज्यव्यवस्था निर्माण गर्न वाञ्छनीय भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत् देश जनता र सामुदायिक न्यायका लागि थप योगदान पु¥याउने महान यात्रामा समाहित हुँदै पूर्व सुरक्षाकर्मी तथा पूर्व सैन्यहरुको हक, अधिकारका लागि प्रयत्नशील रहंदै विभिन्न फौजको छुट्टाछुट्टै समस्याहरु समाधानका लागि गठन गरिएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनलाई समयक्रमसंगै व्यवस्थित, जीवन्त, गतिशील, अनुशासित एवम् लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्ने प्रयत्न गरिएको छ ।
सोहि सिलशिलामा नेपाल राष्ट्रिय भूतपूवै सैनिक तथा प्रहरी संगठनका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता कमरेडहरुलाई सहभागी गराई पार्टी स्कुल विभागको सहकार्यमा तीन दिवशीय (२०८० साल फागुन ११(१३) जनसंगठन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको छ ।
२. उद्देश्यः नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका विभिन्न तहगत कमिटीका नेता कमरेडहरुलाई पार्टी तथा संगठनका विषयमा ज्ञान प्रदान गरी प्रशिक्षक तयार गर्नु हो ।
३. विभागले सञ्चालन गरेका प्रशिक्षणका विषय तथा प्रशिक्षकहरु :
दसौं राष्ट्रिय महाधिवेशनको नीति, कार्यक्रम र समृद्ध नेपाल सुखी नेपालीको कार्यदिशा-महासचिव
नेतृत्व प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सिप र शैली- क. घनश्याम कोइराला
संगठनात्मक सिद्धान्त, संगठन व्यवस्थापन तथा जनसंगठनको भूमिका- क.रचना खड्का
नेपालको सुरक्षा नीतिः वर्तमान अवस्था र अवस्यकता- क.विनोद पाण्डे
मार्क्सवादी दर्शन र जनताको बहुदलीय जनवादको विकास- क.प्रदीप ज्ञवली
विज्ञान प्रविधिको विकास, सूचना तथा सञ्चारको महत्व- क.रामशरण प्याकुरेल
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास- क. पुरुषोत्तम न्यौपाने
नेपालका राजनीतिक दलहरुकव तुलनात्मक अध्ययन तथा रानीतिक योजना- क.कपिल पोखरेल
नेपालमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको इतिहास, वर्तमान अवस्था र भावीदिशा- क.मिठाराम के.सी.
संगठनमा प्रशिक्षणको योजना- क. रविन्द्र पण्डित
४. यस प्रशिक्षणबाटः-
क. आधारभूत सीप (Basic) यस प्रशिक्षणबाट संगठनका नेतृत्वका कमरेडलाई मार्क्सवाद, लेनिनवाद, जवज का आधारभूत ज्ञान तथा प्रशिक्षणको सीप प्राप्त भएको छ ।
ख. सीप अभिवृद्धि (Advanced)तालिमःआधारभूत सीपमूलक प्रशिक्षण प्राप्त भएकोले सो सम्बन्धि ज्ञान प्राप्त हुनुका साथै सुरक्षा र संगठनका विषयमा समेत थप ज्ञान हासिल भएको ।
ग. प्रशिक्षक प्रशिक्षण (ToT)विभागले स्वीकृत भएको पाठयक्रम र मापदण्डमा आधारित भई पार्टी तथा संगठनको बारेमा प्रशिक्षण गराई योग्य प्रशिक्षक तयार भएको ।
५. विषयगत अध्ययन सन्दर्भमाः
१. दसौं राष्ट्रिय महाधिवेशनको नीति, कार्यक्रम र समृद्ध नेपाल सुखी नेपालीको कार्यदिशाः- यस विषयमा पार्टीका महासचिव कमरेड शंकर पोखरेलले प्रशिक्षण गर्नुभयो । दसौं राष्ट्रिय महाधिवेशन र त्यसका विशेषताहरु, जवजको विकासक्रम र दशौं राष्ट्रिय महाधिवेशन, दसौं राष्ट्रिय महाधिवेशन र कार्यदिशा, राजनीति कार्यदिशा कार्यान्वयमा स्पष्ट हुनुपर्ने विषयहरु, समाजवादको आधार निर्माणका सन्दर्भमा स्पष्ट भईयो । अत्यन्तै महत्वपूर्ण विषय र उव्जिएका जिज्ञासाको समेत समाधान गर्नु भएको थियो ।
२. नेतृत्व प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सिप र शैली- यस विषयमा पार्टी स्कुल विभागका सचिव कमरेड घनश्याम कोइरालाले प्रशिक्षण गर्नुभयो । यस विषयमा कमरेड कोइरालाले पार्टी कामका तीन क्षेत्र, प्रशिक्षणका क्षेत्र, प्रशिक्षण व्यवस्थापन बारे जानकारी, प्रशिक्षण व्यवस्थापनका चरणहरु, प्रशिक्षणको आवस्यकता पहिचान, प्रशिक्षणमा सीपको आवस्यकता र महत्व तथा प्रशिक्षणमा प्रविधिको प्रयोग सम्बन्धमा बडो रोचक ढंगले प्रस्तुत गरी प्रशिक्षक बन्न अभिप्रेरित गर्नुभयो ।
३. संगठनात्मक सिद्धान्त, संगठन व्यवस्थापन तथा जनसंगठनको भूमिकाः- यस विषयमा पार्टी केन्द्रीय सदस्य कमरेड रचना खड्काले प्रशिक्षण गर्नुभयो । यस विषयमा कमरेड खड्काले पार्टी के हुन ? संगठनात्मक सिद्धान्त, लेनिनवादी संगठनात्मक सिद्धान्त, जवज र पार्टी निर्माण, जवज र संगठनात्मक अभ्यास, संगठनात्मक ढाँचा, जनसंगठनहरु, जनसंगठन संचालन र पार्टीको नीति, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको विषय, जनसंगठन र अन्तराष्ट्रिय अभ्यास, पार्टी संगको सम्बन्ध लगाएतका विषयमा बडो रोचक ढंगले प्रस्तुत गर्नुभयो ।
४. नेपालको सुरक्षा नीतिः वर्तमान अवस्था र अवस्यकताः- यस सन्दर्भमा कमरेड विनोद पाण्डेले प्रशिक्षण गर्नुभयो । सुरक्षा तथा राष्ट्रिय सुरक्षाको परिभाषा, राष्ट्रिय सुरक्षा नीतिको आवश्यक्ता र यस्को विकासक्रम, नेपालको राष्ट्रिय सुरक्षा सम्बन्धि व्यवस्था, राष्ट्रिय सुरक्षा नीति २०७५ र यस्को प्रभावकारी कार्यान्वयनको वर्तमान अवस्था, नेपालको सुरक्षा चुनौतीहरु तथा आगामी कार्यदिशाको विषयमा जानकारी गराउनु भयो ।
५. मार्क्सवादी दर्शन र जनताको बहुदलीय जनवादको विकास- यस विषयमा पार्टी उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख कमरेड प्रदिप ज्ञवलीले प्रशिक्षण गर्नुभयो ।
प्रशिक्षणमाः-
विश्व दृष्टिकोण निर्माण र महत्व
मार्गदर्शक सिद्धान्त
माक्र्सवादको उदय, आधार र सङ्घटक अङ्गहरु
दर्शनको आविर्भाव र दर्शनको वर्गीकरण
दक्षिण एसियाली दर्शन
नेपालमा विकसित दर्शन र नेपाली चिन्तन परम्परा
दर्शनका मूल प्रश्न र द्वन्द्ववादका मुख्य नियमहरु
ऐतिहासिक भौतिकवाद
राजनीतिक अर्थशास्त्र
वैज्ञानिक समाजवाद
माक्र्सवादको सिर्जनात्मक प्रयोग र जबज
रुपान्तरणका लागि माक्र्सवादी विश्व दृष्टिकोणको विषयमा सालिन, भद्र तथा प्राज्ञिक ढंगले प्रस्तुत गर्नुभयो । सहभागीबाट उठेका विषय तथा विषयान्तर सन्दर्भमा समेत सटिक जवाफ दिनुभयो ।
६. विज्ञान प्रविधिको विकास, सूचना तथा सञ्चारको महत्वः- यस सम्बन्धमा पार्टी स्कुल विभागका सदस्य कमरेड रामशरण प्याकुरेल प्रशिक्षण गराउनु भयो । यस सन्दर्भमा विज्ञान तथा प्रविधिको विकास, विज्ञान केहो ? प्रविधि के हो ? यसको सदुपयोग, डिजिटल युग, सूचना क्रान्तिका १० आविस्कार, यसका सकरात्मक तथा नकरात्मक पक्ष, सूचना प्रविधि र विकासमा नेपाल, यसको उपयोगको क्षेत्र, सूचना प्रविधिका उद्देस्य, प्रकार र सिद्दान्तहरु, गुण, सीप र महत्व, पार्टी संगठनमा संचारको महत्व लगाएतका विषयमा प्रशिक्षकले महत्वपूर्ण टिप्स दिनुभयो ।
७. नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासः- यस सम्बन्धमा पार्टी स्कुल विभागका सदस्य कमरेड पुरुषोत्तम न्यौपानेले प्रशिक्षण गराउनु भयो । यस सन्दर्भमा कम्युनिष्ट पार्टीको ऐतिहासिक पृष्ठभूमि, नेपालको कम्युनिष्ट आन्दोलनको प्रस्थापना, मूल प्रवृत्ति, जवजको प्रतिपादन एवं विकास, नेपालमा आन्तरिक जनसंघर्षको शिलसिला, नेपालीमा कम्युनिष्ट घोषणा पत्रको प्रकाशनको महत्व, पार्टीका विभिन्न महाधिवेशनको चर्चा र सो को उपलव्ध सम्वन्धमा प्रशिक्षकले स्पष्ट पार्नु भयो ।
८. नेपालका राजनीतिक दलहरुकव तुलनात्मक अध्ययन तथा रानीतिक योजनाः- यस सन्दर्भमा पार्टी केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य कमरेड कपिल पोखरेल प्रशिक्षण गर्नुभयो । यस सन्दर्भमा राजनीतिक पार्टी के हो ? नेपालमा राजनीतिक पार्टीहरुको स्थापना र उद्दस्य, वर्ग र विचारका आधारमा पार्टीका प्रवृत्ति, पछिल्लो समयमा उदायका पार्टीहरुका प्रवृत्ति, पार्टीहरु फरक हुनाका आधारहरु, मार्गदर्शक सिद्दान्त र क्रान्तिका कार्यक्रम, रणनीति लक्ष्य, कार्यनीति, संगठनात्मक सिद्दान्त, राजनीतिक रुपमा प्रष्ट हुनुपर्ने कुराहरु लगाएतका शीर्षकमा प्रशिक्षकले स्पष्ट पार्नु भयो ।
९. संगठनमा प्रशिक्षणको योजनाः- संगठनमा प्रशिक्षण योजनाका सन्दर्भमा संगठनका उपाध्यक्ष तथा संगठन प्रशिक्षण विभाग प्रमुख कमरेड रविन्द्र पण्डितले सहजिकरण गर्नु भयो । यस सन्दर्भमा संगठनलाई प्रशिक्षण गर्दै तल्ला कमिटीसम्म लैजाने र लैजान आवस्यक रहेको बताउनु भयो । उहाँले प्रदेश तथा जिल्लातहसम्मको प्रशिक्षणको योजना समेत पेश गर्नु भएको थियो ।
१०. नेपालमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको इतिहास, वर्तमान अवस्था र भावीदिशाः- यस सन्दर्भमा संगठनका उपाध्यक्ष तथा नेपोनका संगठन विभाग प्रमुख कमरेड मिठाराम केसीले संगठनको इतिहासको बारेमा फेहरिस्त सुनाउनु भयो । हालको वर्तमान अवस्थाको वारेमा चर्चा गर्नुका साथै संगठनको भाविदिशा सम्बन्धमा समेत स्पष्ट पार्नु भयो । यस विषयमा केन्द्रीय रहेर कार्याशाल समेत भएको थियो । त्यस कार्यको सहजिकरण पार्टी स्कुल विभाग सदस्य प्रा. कमरेड तत्व तिम्सिनाले गर्नुभयो ।
कार्यशाला करिव २ घण्टा चल्यो । कमरेड तत्वले कार्यशालमा सहभागीलाई ५ समूहमा विभाजन गरि विभिन्न लिखित प्रश्नावली दिंदै छलफल गराउनु भयो । पाँचवटा समूहले कार्यशालमा विभिन्न निष्कर्षहरु निकालेको छ । सो समूहगत निष्कर्षहरुलाई निम्नानुसार उल्लेख गरिएको छः-
समूह १. “नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले हालसम्म गरेका उल्लेखनीय कामहरु केके हुन ?” भन्ने प्रश्नावली दिई छलफलको लागि टाँस्क दिइएकोमा उक्त समूहले निम्नानुसारका बुँदाहरुमा गरेका कामहरुको लगत तयार गरि संगठनका उपमहासचिव कमरेड मदन केसीले प्रस्तुत गर्नु भएको थियो ।
उल्लेखनीय कार्यको विवरणः-
१. २०४७ पौष २२-२३ मा आयोजक कमिटी गठन र सोहि वर्ष अधिवेशन ।
२. २०५१, २०५६, २०६८ र २०७८ मा क्रमश दोश्रो, तेश्रो, चौथो र पाँचौं अधिवेशन गरेको ।
३. विभिन्न समयमा भएका आवधिक निर्वाचनहरुमा पार्टी जिताउनको लागि सक्रिय भुमिका खेलेको ।
४. दैवी प्रकोप तथा उद्दार कार्यमा स्वयंसेवकको रुपमा, आर्थिक सहयोग र भौतिक चिजवस्तुको उल्लेख्य सहयोग गरेको ।
५. २०६२/६३ को मोलिक ढंगको समाजवादी आन्दोलनमा सक्रिय सहभागीता जनाएको ।
६. संगठन निर्माण तथा विस्तार कार्य अभियानको रुपमा संचालन गर्दै आएको ।
७. ७२ औं मदन जयन्तीको अवसरमा पार्टी कार्यालय परिषरमा मदन चौतारी निर्माण गरि बरपिपलका विरुवा लगाएको । सो कार्य पार्टी अध्यक्षबाट उद्घाटन भएको ।
७. तहगत कमिटीका नियमित बैठक तथा भेलाहरु गर्दै आएको ।
९. पार्टीले संचालन गरेको झुलाघाट-चिवाभन्ज्याङ्ग, समृद्दिका लागि संकल्प यात्रामा संगठनको तर्फबाट पूरा अवधि सक्रियताका साथ स्वयंसेवक तथा सुरक्षा कार्यमा खटिएको । साथै रेकीमा समेत अध्यक्ष सहभागी हुनु भएको ।
१०. बाढीका कारण डुवाउ भएको पार्टी कार्यालयमा बाढी पन्साउने कार्यमा अग्रणी भूमिका खेलेको ।
११. नियमितरुपमा जनसंगठन प्रशिक्षण कार्यमा सहभागीता जनाउँदै आएको ।
१२. जनसंगठन संयन्त्रले दिएको जिम्मेवारीलाई कुसलतापूर्वक सम्पादन गर्दै आएको ।
१३. पार्टी तथा अन्तर जनसंगठनबाट प्रायोजित विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागीता ।
१४. विभिन्न चाडबाड विशेष शुभकामना आदान-प्रदान कार्यक्रमको रुपमा नमुना कार्यक्रम बडाभोज आयोजना गरिएको सो कार्यक्रममा पार्टी तथा जनसंगठनका उच्च नेतृत्वहरुको समेत उपस्थिति रहेको ।
१५. बेलायती तथा भारतीय सेनाका पूर्व सुरक्षाकर्मी (नेपाली) हरुको हक, हित र अधिकारको लागि संगठनले उच्च पहलकदमी लिएको । यस कार्यमा मातृपार्टीको भूमिका समेत महत्वपूर्ण रहेको ।
१६. पार्टीले दिएका जिम्मेवारीलाई कुसलतापूर्वक सम्पादन गर्दै आएको ।
१७. अन्य विविध कार्य ।
समूह २. “संगठनले भोग्दै आएका र अव आउन सक्ने चुनौतिहरु के के हुन र वर्तमान सन्दर्भमा संगठनले ध्यान दिनुपर्ने प्रमुख मुद्दाहरु केके हुन सक्छन् ?” भन्ने प्रश्नावली दिई छलफलको लागि टाँस्क दिइएकोमा उक्त समूहले निम्नानुसारका बुँदाहरुमा गरेका कामहरुको लगत तयार गरि प्रस्तोताले प्रस्तुत गर्नु भएको थियो ।
सो सन्दर्भमाः-
१. सेवा अवधिमा पार्टीको सदस्य समेत बन्न नपाइने भएकोले राजनीतिक चेतनामा कमि ।
२. उर्जावान समय मेहेनत, परिश्रम र अनुशासनमा वितेकाले अवकास पछि निस्कृय जीवन ।
३. राजनीति चेतनाका कमीका कारण संगठन विस्तार गर्न गाह्रो ।
४. सुरक्षा निकायबाट अवकासप्राप्त व्यक्तिहरुलाई पार्टीले ननपोलिटिकलहरुको समुह भनेर हेर्ने गरेको ।
५. सुरक्षा क्षेत्रमा विज्ञता हासिल गरेका भूपूहरुलाई पार्टी र कार्यक्रमको सुरक्षाको जिम्मेवारी दिनु पर्ने । हाल पार्टीले यस कार्यमा ध्यान दिएको ।
समूह ३. “हाम्रो संगठनमा नयाँ सदस्यहरु कसरी आवर्षित गर्ने र उनीहरुका लागि यो संगठन भरपर्दो संस्था कसरी बन्न सक्छ ?”
सो सन्दर्भमाः-
१. हाम्रो आचरणमा सुधार गर्ने र अवकास प्राप्त हुनासाथ सम्पर्क गरी संगठनका विषयमा जानरकी गराउने ।
२. पूर्व सुरक्षाकर्मीहरुको हकहित र समस्या समाधानमा संगठन कटिवद्द हुने ।
३. भूपूहरुको सन्दर्भमा पार्टीले महत्वपूर्ण छलफल गर्दै निर्णय समेत गर्छ भन्ने कुराको अनुभूति दिलाउने ।
४. देशको राष्ट्रियता र अखण्डताको रक्षाको लागि पार्टीसंग समन्वय गर्ने ।
समूह ४. “नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनलाई अझ सशक्त र क्रियाशील वनाउन अवको तीन वर्षभित्र पालिका, जिल्ला, प्रदेश र संघीय तहमा गरिनु पर्ने कामहरु केके हुन र ती कामहरु कसरी सम्पन्न गर्न सकिएला ?”
सो सन्दर्भमाः-
१. संगठन विस्तार सवै तहमा समय निर्धारण गरेर गर्ने । यस कार्यमा पार्टीका तेर्सो संगठनको सहायता लिने ।
२. सवै तहमा सदस्यता वितरण र अध्यावधिक गर्न भूपूहरुलाई प्रोत्साहन गर्ने ।
३. तहगत भेला गरी संगठनको महत्व, काम कर्तव्य वारे प्रशिक्षण दिने ।
४. सवै वर्गका भूपूहरुको समस्या समाधान गर्ने कार्यका लागि तदारुकतासाथ अभियान संचालन गर्ने ।
५. माथिल्ला कमिटीका निर्देशन कार्यान्वयन गर्ने गराउने ।
समूह ५. “यस संस्थाले राष्ट्रिय सुरक्षा नीतिमा दिन सक्ने सुझावहरु केके हुन् ?”
यस सन्दर्भमा यस संगठनले हालको राष्ट्रिय सुरक्षा नीति गहन अध्ययन गरी कमी रहेका विषयमा आवस्यक सल्लाह सुझावको लागि संगठनबाट एक विज्ञ टोली (कार्यदल) गठन गरी सुझाव संकलन गर्न सकिने । साथै भएको राष्ट्रिय सुरक्षा नीतिलाई कडाइका साथ लागु गर्नु पर्ने मुख्य सुझाव दिन सकिन्छ ।
६. संगठनका इन्चार्जबाट आफ्नो धारणा सहित केहि प्रस्तावहरु पेश भएका छनः-
प्रशिक्षणको महत्व, दर्शनको बारेमा जानकारी, कम्युनिष्ट इतिहासको बारे जानकारी, प्रशिक्षक बन्ने कसरी, हाम्रो कार्यभार र कार्य दिशा, संगठनको इतिहाँस बारे जानकारी, पार्टी र जनसंगठनको अन्तरसम्बन्ध बारे, विज्ञान र प्रविधि बारे जानकारी, नेपालका राजनीतिक पार्टीहरुको तुलना कस्तो रहेछ भन्ने बारे, दशौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा र जवज को सान्दर्भिकता सन्दर्भमा पुनरावृत्ति गराउनुभयो । त्यसै गरी संगठनात्मक, वैचारिक-राजनीतिक तथा रचनात्मक कामको दृष्टिकोण बारे छलफल गराउनु भयो । उहाँले संगठनको भावि योजनाका विषयमा निम्नानुसार प्रस्तावहरु पेश गर्नुभयो ।
२०८२ सम्ममा वडातहसम्म संगठन विस्तार
द्वन्द पिडित/वीरगती प्राप्तको परिवारसम्म पुग्ने र सम्मान गर्ने
कार्यालय व्यवस्थापन कार्यमा जोडदिने ।
विधान/प्रतिवेदन/सदस्यता वितरण कार्य
वडाभोज मिति तोक्ने
स्थापना दिवश विविध कार्यक्रमकावीच मनाउने
विभिन्न अवसरमा रचनात्मक कार्यक्रम गर्ने
समुदायको माग र मुद्दा समाधानका लागि पहल कदमी लिने ।
त्यसै गरी तत्कालैः-
कोशीको इटहरीमा
मधेषको धनुषामा
बागमतिको भ्याली वाहिर
गण्डकीको कास्कीमा
लुम्विनीको वुटवलमा
कर्णालीको सुर्खेतमा
सूदुरपश्चिमको कैलालीमा भेला तथा वैठक गर्ने प्रस्ताव पेश गर्नु भई सहभागीबाट पारित समेत गराउनु भयो ।
७. प्रशिक्षणमा स्कुल विभागको तर्फबाट तथा संगठनको तर्फबाट प्रशिक्षण अवधिभर सहभागी कमरेडहरुको नामावलीः-
स्कुल विभागबाटः-
क. प्रदीप ज्ञवली उपमहासचिव/प्रमुख, पार्टी स्कुल विभाग
क. पेम्बा लामा पार्टी केन्द्रीय कमिटी-सदस्य
क. कपिल पोख्रेल पार्टी केन्द्रीय कमिटी-सदस्य
क. घनस्याम कोइराला पार्टी स्कुल विभाग-सचिव
क. पुरुषोत्तम न्यौपाने स्कुल विभाग-सदस्य
प्रा. तत्व तिम्सिना स्कुल विभाग-सदस्य
क. रामशरण प्याकुरेल स्कुल विभाग-सदस्य
संगठनको तर्फबाटः-
क. यज्ञराज सुनुवार पार्टी केन्द्रीय कमिटी सदस्य
क. विनोद पाण्डे केन्द्रीय कमिटी अध्यक्ष, नेपोन
क. लाल बहादुर गुरुङ केन्द्रीय कमिटी वरिष्ठ उपाध्यक्ष, नेपोन
क. धर्मदत्त तिमिल्सिना केन्द्रीय कमिटी उपाध्यक्ष, नेपोन
क. रबिन्द्र पण्डित केन्द्रीय कमिटी उपाध्यक्ष, नेपोन
क. मिठाराम केसी केन्द्रीय कमिटी उपाध्यक्ष, नेपोन
क. ध्रुवराज लम्साल केन्द्रीय कमिटी महासचिव, नेपोन
क. मदन केसी केन्द्रीय कमिटी उपमहासचिव, नेपोन
क. अर्जुन प्रसाद नागिला केन्द्रीय कमिटी सचिव, नेपोन
क. विजय कुमार श्रेष्ठ केन्द्रीय कमिटी सचिव, नेपोन
क. यगेन्द्र थापा केन्द्रीय कमिटी सचिव
क. तिर्थराज घिमिरे केन्द्रीय कमिटी सचिव
क. चन्द्र कुमार महतरा केन्द्रीय कमिटी कोषाध्यक्ष
क. बल बहादुर शाही गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य
क. चित्र बहादुर जि.सी. गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य
क. नारायण बाबु श्रेष्ठ केन्द्रीय कमिटी सदस्य, नेपोन
क. शम्भु अधिकारी केन्द्रीय कमिटी सदस्य, नेपोन
क. बिरसिंह धामी केन्द्रीय कमिटी सदस्य, नेपोन
क. श्रीकृष्ण पाण्डे केन्द्रीय कमिटी सदस्य, नेपोन
क. बोम बहादुर महत क्षेत्री केन्द्रीय कमिटी सदस्य, नेपोन
क. ध्रुवराज कार्की केन्द्रीय कमिटी सदस्य, नेपोन
क. गोकुल अधिकारी केन्द्रीय कमिटी सदस्य, नेपोन
क. इश्वर प्रसाद बन्जारा केन्द्रीय कमिटी सदस्य, नेपोन
क. चन्देश्वर शाह केन्द्रीय कमिटी सदस्य, नेपोन
क. रमेश रोकाहा केन्द्रीय कमिटी सदस्य, नेपोन
क. देवराज गौली कर्णाली प्रदेश कमिटी कोषाध्यक्ष, नेपोन
क. गोखुल मण्डल मधेश प्रदेश कमिटी उपाध्यक्ष, नेपोन
क. सत्यराज सापकोटा गण्डकी प्रदेश कमिटी सचिव, नेपोन
क. केदार प्रसाद देवकोटा बागमती प्रदेश कमिटी अध्यक्ष, नेपोन
क. पार्वती कुमारी डंगोल बागमती प्रदेश कमिटी सदस्य, नेपोन
क. रबि बुढाथोकी काठमाडौँ जिल्ला कमिटी सदस्य, नेपोन
क. समिर मर्दन के.सी. केन्द्रीय सल्लाहकार सदस्य, नेपोन
क. टंक बहादुर कार्की बागमती प्रदेश कमिटी सचिवालय सदस्य, नेपोन
क. दिपक राई ओखलढुंगा जिल्ला कमिटी सचिवालय सदस्य, नेपोन
क. रन्जन खड्का जिल्ला कमिटी अध्यक्ष, नेपोन
क. नारायणप्रसाद आचार्य काठमाण्डौ जिल्ला कमिटी सदस्य, नेपोन
क. सुरेशचन्द्र ढकाल बागमती प्रदेश कमिटी उपाध्यक्ष, नेपोन
क. कृष्णबहादुर केसी केन्द्रीय सदस्य, नेपोन
क. गगनसिंह थापा गण्डकी प्रदेश स.सदस्य, नेपोन
क. हेमबहादुर खत्री बागमती प्रदेश सदस्य, नेपोन
क. मनहरि कार्की केन्द्रीय सदस्य, नेपोन
क. प्रसन्न कुमार शाह कर्णाली प्रदेश कमिटी उपाध्यक्ष, नेपोन
क. शंकर प्रसाद भण्डारी रुपन्देही जिल्ला कमिटी सचिव, नेपोन
क. रामेश्वर खत्री काभ्रे जिल्ला कमिटी सचिव, नेपोन
क. सरस्वती उप्रेती काठमाडौँ जिल्ला कमिटी सदस्य, नेपोन
अन्तमा ३ दिवशीय प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी पार्टी उपमहासचिव तथा स्कुल विभाग प्रमुखबाट सहभागीलाई शुभकामना दिंदै प्रमाणपत्र समेत हस्तान्तर गरियो । उच्च मनोबलका साथ संगठनको काममा लाग्न यो प्रशिक्षण कोसेढुङ्गा सावित हुने निष्कर्षका साथ सहभीहरु विदा हुनु भयो । तीनदिनसम्म निरन्तर अध्ययन अध्यापनमा लाग्ने पार्टी स्कुल विभागलाई विशेष धन्यवाद सहित मायाको चिनो प्रदान गरियो ।
