संगठनको केन्द्रीय कमिटीले विभिन्न जिल्लाहरुमा पार्टी तथा संगठनको प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ । यस क्रममा सिन्धुली, रामेछाप, मकवानपुर लगाएतका जिल्लाहरुमा प्रशिक्षण सम्पन्न गरिएको छ । प्रशिक्षणका लागि सिन्धुली जिल्लामा २ दिने, रामेछापमा १ दिने र मकवानपुर १ दिने प्रशिक्षण संचालन गरियो । प्रशिक्षणमा सिन्धुली र रामेछापको लागि संगठनबाट केन्द्रीय अध्यक्ष विनोद पाण्डे, उपमहासचिव मदन केसी, सचिव सुधिर थापा र बागमति प्रदेश अध्यक्ष केदार देवकोटा हुनुहुन्थ्यो भने मकवानुपुरमा केन्द्रीय उपाध्यक्ष मिठाराम केसी र सुधिर थापा हुनुहुन्थ्यो । सवै जिल्लाहरुमा पार्टीका नेता कमरेडहरले पनि प्रशिक्षण दिनु भएको थियो ।
विभिन्न जिल्लाहरुमा संगठनको प्रशिक्षण कार्यक्रम जारी......
सेयर गर्नुहोस्
