एमाले आज

धादिङ्ग जिल्लाको दोश्रो अधिवेशन सम्पन्न

सेयर गर्नुहोस्

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको दोश्रो जिल्ला अधिवेशन चैत २४ गते शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।

संगठनको दोश्रो जिल्ला अधिवेशनले  रेशम भण्डारीको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।जिल्ला कार्यसमितिको उपाध्यक्षमा नारायण तिमल्सीना, गणेशबहादुर थापा, सचिवमा शालिकराम दुवाडी, उपसचिवमा कालु गुरुङ, जित बहादुर सिंखडा र कोषाध्यक्षमा सुुब्बा श्रेष्ठ सर्वसम्मत चयन हुनुुभएको छ ।

यसैगरि कार्यसमिति सदस्यहरुमा बसन्तराज घले, रमेश कँडेल, ठाकुर धमला, रामबहादुर गुरुङ, सुन बहादुर गुरुङ, डम्बर बहादुर थापा, रामकृष्ण अधिकारी, पदम बहादुर घले, तार्केल गुरुङ, सुनबहादुर तामाङ चयन हुनुुभएको संगठनका केन्दीय सचिव सुुधिर थापाले जानकारी दिनुुभयो ।

संगठनका केन्द्रीय अध्यक्ष बिनोद पाण्डेको प्रमुुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, संगठनका उपमहासचिव मदन केसी, पार्टी जिल्ला सचिव राधिका सापकोटा, संगठनका केन्द्रीय सचिव थापा लगायतले अधिबेशन सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

हामीसँग जोडिनुहोस्