काठमाडौं । नेपाल बौद्धिक परिषद्ले नयाँ सरकारको कूटनीतिक प्रस्थानबिन्दु विषयमा बौद्धिक बहस आयोजना गरेको छ ।
यही २०८३ साउन २९ गते शुक्रबार भएको बौद्धिक बहसमा परराष्ट्र र कूटनीतिक सेवाका शोधकर्ता चन्द्रलाल गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व राजदूतहरू टंक कार्की, डा.योगेन्द्र ढकाल, डा. नारायण भारद्वाज, पूर्वमन्त्री नेकपा (एमाले)का केन्द्रीय सदस्य आनन्द पोखरेल लगायत ११ जना विज्ञहरूले धारणा राख्नुभएको थियो ।
बौद्धिक बहसमा नेपालका प्रतिष्ठित विद्वानहरूले आ–आफ्ना अनुभव र धारणा राख्नुभएको थियो । उहाँहरुले नयाँ सरकार बनेदेखि कूटनीतिक प्रस्थानबिन्दुहरू सही तरिकाले अगाडि नबढेको, पञ्चशीलको सिद्धान्त बमोजिम र समदुरीको सिद्धान्त बमोजिम नेपाल सरकारले सबै मुलुकहरुसँग सम्बन्ध राख्न नसके सरकार र देशलाई नै घाटा हुने धारणा राख्नुभयो ।
नेपाल सरकारले जुन तरिकाले गोप्य कूटनीतिक प्रयास गरेको छ र असफल भएको छ, ती सूचनाहरू पनि आदानप्रदान भए तर यो सार्वजनिक गर्न नहुने तहको रहेको पनि विज्ञहरुले बताउनुभयो । प्रधानमन्त्रीले पहिले राजदूतहरूलाई सामूहिक भेटेको र हाल आएर एक्ला एक्लै पनि भेट्न थालेकाले उहाँको डिप्लोमेसी ब्याक भएको पनि केही भित्री कारणहरु रहेको बताउनुभयो । कूटनीतिमा देखिने कुरा र गरिने कुरा र बुझिने कुरामा धेरै अन्तर हुन्छ । यो सही तरिकाले चलाउने नजान्दा देश नै सङ्कटमा जाने पनि गरेका उदाहरण विज्ञहरुले प्रस्तुत गर्नुभएको थियो ।
‘नयाँ सरकारको कूटनीतिक प्रस्थानबिन्दु’ विषयमा बौद्धिक बहस
सेयर गर्नुहोस्
