काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय निकायहरूको दुईदिने कार्यशाला नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा (२०८३ भदौ २–३ गते) भव्यरूपमा सम्पन्न भएको छ । कार्यशालामा अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषय र युवाहरुको भूमिकाका विषयमा निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।
संघका अध्यक्ष महाराज गुरुङको अध्यक्षता सम्पन्न कार्यशालामा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख कमरेड विशाल भट्टराई, संघका इन्चार्ज क्षितिज थेबे, प्रेरणादायी वक्ता चन्द्र केसीलगायत संगठनका पदाधिकारी, आयोग, विभाग तथा विभिन्न निकायका जिम्मेवार प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यशालामा संगठनलाई थप सशक्त, गतिशील, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा प्रस्तुति गरिएको थियो । सहभागीहरूले संगठनको आगामी कार्यदिशा, युवाको नेतृत्व विकास, संगठन विस्तार तथा प्रभावकारी कार्यसम्पादनका विषयमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।
कार्यशालाले संगठनको आगामी एक वर्षका लागि एकवर्षे कार्ययोजना, Live Tracking सहितको कार्यसम्पादन सूचक (KPI) तथा संगठनात्मक गतिशीलतालाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । साझा सङ्कल्प र स्पष्ट कार्यदिशासहित सम्पन्न कार्यशालाले राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक जीवनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
कार्यशालाले युवा नेतृत्वलाई थप जिम्मेवार, सक्रिय र परिणाममुखी बनाउँदै संगठनलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपालको दुईदिने केन्द्रीय कार्यशाला सम्पन्न
सेयर गर्नुहोस्
