१ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)को पार्टी सदस्यता नवीकरणको समयावधि हिजो २०८३ असार ३२ गते सकिएको छ ।
जिल्ला जिल्लाबाट सदस्यहरूको नवीकृत तथ्याङ्क प्रमाणीकरणका लागि केन्द्रमा आउने क्रम आजबाट शुरु भएको पार्टीका सचिव तथा केन्द्रीय संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो । असार मसान्तभित्र नवीकरण गर्न छुट भएका सदस्यहरुको अब हुने नवीकरणको रेकर्ड भने जिल्ला कमिटीहरूले संकलन गरी राख्ने छन् ।
हरेक बर्ष सदस्यता नवीकरणको काम फागुन र चैत महिनामा गरिसक्ने पार्टीको कार्यतालिका रहे पनि यसबर्ष आमनिर्वाचन लगायत कारण पार्टी सदस्यता नवीकरणको समयसीमा बढाएर असार मसान्त पुर्याइएको थियो । नेकपा (एमाले) का करिव साढे छलाख संगठित सदस्य रहेका छन् ।
