मिति २०८१ फागुन ६ गते राष्ट्रिय अपाङ्गता संगठन नेपाल जिल्ला संगठन कमीटी मोरङको तेस्रो जिल्ला अधिवेशन बिराटनगरमा सम्पन्न भएको छ । अधिवेशन बाट क. सन्तोष कुमार पण्डितको अध्यक्षतामा १३ सदसिय जिल्ला संगठन कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको छ । नवनिर्बाचित कमिटिमा अध्यक्ष क. सन्तोष कुमार पण्डित, उपाध्यक्ष क.जगदिस खनाल, महिला उपाध्यक्ष क. सावित्रा बुढाथोकी, सचिव क. दुर्गा बहादुर प्रधान, सह-सचिव क.अमन मण्डल, कोषाध्यक्ष क. दिनेश कोइराला, सदस्य क.कनैया कुम्हार, सदस्य क. घनश्याम ढुङ्गाना, सदस्य क. राधा थापा, सदस्य क. सुनिता तामाङ, सदस्य क. कृष्ण सहनी, सदस्य क. योगेन्द्र प्रसाद श्रेष्ठ रहनु भएको छ ।कार्यक्रम राष्ट्रिय अपाङ्गता संगठन नेपाल मोरंग जिल्ला मकिटीका उपाध्यक्ष क. खड्ग बहादुर श्रेष्ठको अध्यक्षता, साथै ने.क.पा.(एमाले) केन्द्रीय कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि क. जीवन घिमिरेको प्रमुख अतिथ्यता मा सम्पन्न भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथीहरूमा ने.क.पा. (एमाले) मोरङ जिल्ला कमिटी अध्यक्ष क. बाबुराम कार्की, उप सचिव क. शोमराज थापा, राष्ट्रिय अपाङ्गता संगठन नेपाल कोशी प्रदेश कमिटी अध्यक्ष क. सीत पौडेल र संगठनका कोशी प्रदेश सह-इञ्चार्ज क. भिमा खतिवडा रहनु भएको थियो । साथै अतिथिहरूमा संगठनका प्रदेश कमिटी उपाध्यक्ष क. उर्मिला सुवेदी, पूर्व जि.क. अध्यक्ष दिपक लुइटेल रहनुभएको थियो ।
यस अवसरमा संगठनका निवर्तमान कोशी प्रदेश कमिटी अध्यक्ष तथा हाल केन्द्रीय कमिटी सदस्य तथा कोशी प्रदेश सह-इञ्जार्ज क. भिमा खतिवडा नेपाल सरकार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषको सदस्य सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । यसै गरि संगठनका पूर्व मोरङ जिल्ला कमिटी अध्यक्ष क. दिपक लुइटेल २०७९ सालको आम निर्वाचनमा कानेपोखरी गाउँपालीका वडा नं ५ को जन निर्वाचित वडा सदस्य हुनुभएकोमा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।