detail-img

नवलपुर जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय अपाङ्गता संगठन नवलपुरको चौथो अधिबेशन ज्ञान प्रसाद भुसाल को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरि सम्पन्न गरियो ।

राष्ट्रिय अपाङ्गता संगठन नेपाल नवलपुरको चौथो जिल्ला सम्मेलन मिति २०८१ फाल्गुण १० गते शनिवार सम्पन्न भएको अधिवेशनले कमरेढ ज्ञानप्रसाद भुसालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ। निर्विरोध निर्बाचित जिल्ला कमिटिको अध्यक्षमा क. ज्ञान प्रसाद भुषाल, उपाध्यक्ष सुनिता सापकोटा, सचिव बिष्णुदेवी भुषाल, उप सचिव मिन प्रसाद कुमाल, हरि प्रसाद ढुङ्गाना, हरिलाल गौडेल, सुनिता पुरी, भक्ति पुरी, केशरी राना मगर, नितम्बर कटुवार, बिष्णु प्रसाद घिमिरे,  लिललाधर खनाल, टिकाराम महतो, राजेन्द्र पाण्डे, गिता गौचन, मणिराम राना …………….रहनु भएको छ ।उक्त कार्यक्रममा केन्द्रिय सदस्य कमरेडहरु तिलक महत, कृष्ण पौडेल,  जिल्ला अध्यक्ष जीवन श्रेष्ठको प्रमुख आतिथ्यता संगठन इन्चार्ज सागर लुईटेलको उपस्थितिमा संगठनका सचिब बिष्णु प्रसाद काफ्लेको अध्यक्षता रहेको थियो भने जिल्लाका बिभिन्न पालिकाबाट १६० जना  सहभागीता रहेको थियो।