मिति २०८१ फागुन ७ गते राष्ट्रिय अपाङ्गता संगठन नेपालको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा क.तारा पति क्षेत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ । सम्मेलनले उपाध्यक्षमा क.कमला भुसाल र क.खेमराज पोखरेल, सचिवमा क.टान बहादुर खत्री निर्वाचित हुनुभएको छ । यस्तै सह सचिवमा क.ऋषिराम भुसाल र कोषाध्यक्षमा क.गिता भुसाल सहित सदस्यहरुमा क.राधा सुनार, क.कमला नेपाली, क.सीता पौडेल, क.गोमा रायमाझी, क.जीवन परियार, क.चिरञ्जीवी खनाल, क.धनश्याम भुसाल, क.वासुदेव अधिकारी, क.तुल्सा नेपाली, क.रबिलाल पन्थी निर्वाचित हुनुभएको छ ।राष्ट्रिय अपाङ्गता संगठन नेपालका केन्द्रिय अध्यक्ष क.मित्रलाल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न खुल्ला सत्रमा नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य तथा लुम्विनी प्रदेश सभा सदस्य क.रामजी प्रसाद घिमिरे नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष क.पिताम्वर भुसाल, राष्ट्रिय अपाङ्गता संगठन लुम्विनी इन्चार्ज क.सावित्रा घिमिरे, जिल्ला उपाध्यक्ष क.शम्भु पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य क.टान बहादुर खत्री, राष्ट्रिय अपाङ्गता संगठन लुम्विनीका उपाध्यक्ष क.फर्सुराम पाण्डे लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य घिमिरेले अपाङ्गता भएका ब्याक्तिहरुलाई प्रमुख प्राथमिकतामा राखेर प्रदेश तहमा कानुन बन्दै गरेको बताउँदै उनिहरुको अधिकार सुनिश्चित हुनेमा विश्वास ब्यात्त गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरुले अपाङ्गता भएका ब्याक्तिहरुको हकअधिकारको सुरक्षा गर्दै उनिहरुको संगठनात्मक आधार बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । उनिहरुका आवस्यकता र मनोवैज्ञानिक प्रभावलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा सबैजसो वत्ताहरुले जोड दिदै अधिवेसन सफलताको शुभकामना दिएका थिए ।
संगठनका लुम्विनी प्रदेश इन्चार्ज क.सावित्रा घिमिरेले बैशाखी, सेतो छडि र लठ्ठी एमाले जिल्ला अध्यक्ष क.पिताम्वर भुसाल मार्फत अति आवस्यक पर्ने ब्यात्तिहरुलाई हस्तान्तरण गर्नुभएको छ । क.तारापति क्षेत्रीको अध्यक्षता, क. खेमराज पोख्रेलको स्वागत मन्तब्य र क.कमला परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।