मिति २०८१/११/१६ गते राष्ट्रिय अपाङ्गता सङठन नेपाल काठमाडौं जिल्ला कमिटिको जिल्ला सम्मेलन भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । तेस्रो सम्मेलनबाट कमरेड अ्म्बिका कुईकेलको अध्यक्षतामा १३ सदस्यीय अनुसार कार्यसमिति चयन भएको छ । नवनिर्वाचित कमिटिमा अध्यक्ष क.अम्बिका कुईकेल, उपाध्यक्ष क.महेश बिष्ट महिला उपाध्यक्ष …………………. सचिव क.यलिना उप्रेति, सह-सचिव क.रुद्र श्रेष्ठ कोषाध्यक्ष क.बद्रि तिमल्सिना सदस्यहरुमा क.खिल प्रसाद शर्मा, क.महेश दाहाल, क.सरस्वति चौलागाई, क. तिल कुमारि मगर, क.शिव अग्रवाल, क.कल्पना ओझा र क.मैया थापा निर्वाचित हुनु भएको छ ।
सम्मेलनमा राष्ट्रिय अपाङ्गता संगठन नेपालका केन्द्रीय अध्यक्ष क मित्रलाल शर्मा, उपाध्यक्ष रमेश लामा केन्द्रीय सदस्य क सावित्रा घिमिरे बाग्मती प्रदेश अध्यक्ष क राजु रेग्मी लगायतको उपस्थित रहेको थियो । नवनिर्वाचित कमिटिलाई उपस्थित सम्पुर्ण अतिथिहरुले हार्दिक बधाई तथा कार्यकालको सफलताको सुभकामना ब्यक्त गर्नु भएको थियो ।