detail-img

केन्द्रीय कमिटिको बैठक सम्पन्न

मिति २०८१ असार १५ गते  नेकपा (एमाले) को जनसंगठन राष्ट्रिय अपाङ्गता संगठन नेपाल केन्द्रीय कमिटिको चौथो पुर्ण बैठक काठमाडौमा सम्पन्न भएको छ । सो अवसरमा जनताको बहुदलिय जनबादका प्रतिपादक जननेता कमरेड मदन भण्डारीको जन्म जयन्तीको शुभ अवसरमा कविता बाचन कार्यक्रम समेत भब्य रुपमा सप्पन्न भएको छ ।राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालका इन्चार्ज, नेकपा एमाले केन्द्रीय सदस्य,  पुर्ब सामाजिक बिकास मन्त्री,  संविधान सभा सदस्य कमरेड उषाकला राईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको बैठकमा सचिवालयले गरेको निर्णयको अनुमोदन, संगठनमा जिम्मेवारीको हेरफेर र महत्त्वपूर्ण प्रस्तावहरुमाथी छलफल गरेर निष्कर्ष र निर्णय गर्दै गरीमामय बैठक भब्य रुपले सम्पन्न भएको छ।

संगठनका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन महासचिव जगदिश प्रसाद अधिकारीले गर्नु भएको थियो । सात वटै प्रदेशका ईन्चार्ज, सह ईन्चार्ज र केन्द्रीय सदस्यहरु सहित ७ वटै प्रदेशबाट बैठकमा सहभागीता रहेको थियो । "जहाँ ईच्छा त्यहाँ उपाय" भने झै यो मध्य असारमा पनि संगठन र पार्टीको कामलाई माया गरेर, संगठनको हितलाई मुटुमा राखेर काम गर्ने अपाङता भएका साथीहरूलाई प्रमुख अतिथि कमरेड उषाकला राइले स्याल्युट छ भन्दै बधाइ तथा शुभकामना दिनु भएको थियो । अपाङ्गता भएका साथीहरु संगठित भई पार्टीलाई सहयोग गर्न र आफ्नो आवज बुलन्द गर्दै आफ्नो अधिकारको लागी एकताबद्ध भएर लड्नु हुन पनि हार्दिक अनुरोध र अपिल गर्नुभएको थियो । राष्ट्रिय अपाङ्गता संगठन नेपालका अध्यक्ष क.मित्रलाल शर्मा महासचिव क.जगदीश प्रसाद अधिकारी लगायत सबै पदाधिकारी र नयाँ जिम्मेवारी पाउनु हुने सबै नेता कमरेडहरु सदस्य कमरेडहरु सबैलाई बधाई दिनु भएको थियो ।

अन्त्यमा, अपाङ्गता क्षेत्रमा राष्ट्रिय अपाङ्गता संगठन नेपालले गरेको कामको समिक्षा, जिम्मेवारी हेरफेर र भावी कार्यादेशको सम्बद्ध कमिटिहरुलाई अख्तियारी दिदै बैठक समापन भएको थियो ।