detail-img

अपाङ्गताका सवाल राष्ट्रिय सवाल बन्नु पर्छ ।

मिति २०८१ असार १६ गते राष्ट्रिय अपाङ्गता संगठन केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरुले नेकपा (एमाले) का श्रद्धय महासचिव कमरेड शंकर पोखरेलसँग भेट गर्यो ।महासचिवसँग संगठनको कामको प्रगतिको बारेमा जानकारी गराउनका साथै अपाङ्गता भएका व्यक्ति सवालहरुमा पार्टीले राष्ट्रिय मुद्धाको रुपमा उठान गर्न अपनत्व लिनु पर्ने र संगठनले चालेका कदमहरुमा पार्टीले सहयोग गर्न ध्यानाकर्षण सहित अनुरोध पत्र बुझायो। यस अवसरमा राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालका इन्चार्ज, नेकपा एमाले केन्द्रीय सदस्य,  पुर्ब सामाजिक बिकास मन्त्री,  संविधान सभा सदस्य कमरेड उषाकला राई, संगठनका केन्द्रीय अध्यक्ष कमरेड मित्रलाल शर्मा, उपाध्यक्ष कमरेड रमेश लामा, महासचिव कमरेड जगदिश प्रसाद अधिकारी, उपमहासचिव कमरेड निर्मला धिताल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज  नेत्र प्रसाद सापकोटा, सदस्य तथा कोशी प्रदेश सह इन्चार्ज कमरेड भिमा खतिवडा, सदस्य कमरेड नवराज सोती लगायतको उपस्थिति रहेको थियो ।