राष्ट्रिय अपाङ्गता संगठन नेपालको केन्द्रीय सचिवाल कमिटिको बैठक अध्यक्ष कमरेड मित्रलाल शर्माको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भयो । बैठकमा उपाध्यक्ष कमरेड कृष्ण गौतम, उपाध्यक्ष कमरेड केपी अधिकारी, उपाध्यक्ष कमरेड रमेश लामा, महासचिव कमरेड जगदिश प्रसाद अधिकारी, उपमहासचिव कमरेड निर्मला धिताल, सचिव कमरेड राजु बस्नेत, सचिव कमरेड खेमराज खनाल, कोषाध्यक्ष कमरेड कमला बुढाथोकिको उपस्थिति रहेको थियो ।अघिल्लो बैठक यता भए गरेका कार्यहरुको बारेमा बैठकलाई सहभागी सबै जनाको तर्फबाट रिपोटिङ्ग गरिएको थियो ।व्यक्तिगत सहयोगी सेवा, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को संशोधन, अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीमा आरक्षण, अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक तथा सामाजिक सहभागीता लगायत अपाङ्गता भएका व्यक्तिहरुका बर्तमान सवालहरु सम्बोधन गर्न गराउन पार्टि र सरकारका निकायहरुसँग भेटघाट गरी समाधानका लागि पहल गर्ने खाका सहित बैठक सम्पन्न भएको छ ।