मिति २०८१ मंसिर ३ गते राष्ट्रिय अपाङ्गता संगठन नेपाल केन्द्रीय कमिटिको आकस्मिक बैठक कमिटिका उपाध्यक्ष कमरेड लक्ष्मण प्रसाद ज्ञवालीको अध्यक्षतामा काठमाडौँको भृकुटिमण्डपमा बस्यो । नेकपा एमाले केन्द्रीय कमिटि सदस्य एव संगठनका इन्चार्ज कमरेड धर्मदत्त देवकोटाको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले गरेका असल कामहरुको आम समुदायमा पुर्याउने र सरकारको अनर्गल बदनामी गर्ने गरी गरिएका गलत प्रचारहरुको भण्डाफोर गर्न आगामी २०८१ मंसिर ७ गते हुने बृहत जागरण सभामा संगठनको तर्फबाट सहभागीता जनाउने बारेमा संगठनले निर्णय गरेको छ । नेपाली जनताको सबैभन्दा प्यारो पार्टी नेकपा एमाले देशको सबैभन्दा ठुलो शक्तिको स्थापित भइसकेको सन्दर्भमा आगामी दिनमा पनि नेकपा एमाले प्रतिका निष्ठा र आस्था साविककै अवस्थामा रहेमा फेरी पनि नेकपा एमाले मुलुकको सबैभन्दा ठुलो पार्टी बन्ने देखेर बिपक्षीहरुबाट भएको अनर्गल गाली र आरोपको भण्डाफोर गर्ने पार्टीको निर्णयलाई साथ दिने निर्णय गरेको छ । जनजागरण सभामा व्यापक सहभागीताका लागि केन्द्रीय कमिटि, बाग्मती प्रदेश कमिटि, उपत्यकाका जिल्ला कमिटि र उपत्यका आसपासका जिल्ला कमिटिबाट समेत उपस्थित गराउने निर्णय गरिएको छ ।