detail-img

संगठनको बाँके अधिवेशन सम्पन्न

संगठनको बाँके अधिवेशन सम्पन्न

मिति २०८१ माघ १५ गते नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय अपाङ्गता संगठन नेपालको जिल्ला कमिटि बाँकेको कोहलपुरमा सम्पन्न तेश्रो जिल्ला सम्मेलनले टेकराज जैसीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटि सर्बसहमत नेतृत्व चयन गरेको छ। कोहलपुर पार्टी प्यालेसमा सम्पन्न उक्त सम्मेलनले अध्यक्षमा क.टेकराज जैसी, उपाध्यक्ष क.अमन थारु, महिला उपाध्यक्ष क.बिष्णु बुढा, सचिव क.पुष्पराज बुढाथोकि, उप सचिव क.हिरा कुमारी खत्री, कोषाध्यक्ष क.बालकृष्ण डि.सि सदस्यहरुमा क.मन कुमारी रोकाय, क.अमरसिंह रोकाय, क.कुशल रिमाल, क.धनमाया शर्मा, क.जाहिर मियाँ, क.शमशुल लफा भाट  र क.सुमन कुमारी थारु गरी सम्मेलनले १३ सदस्य नयाँ कार्यसमिति निर्वाचन गरेको छ। उक्त सम्मेलनले राष्ट्रिय अपाङ्गता संगठन नेपाल केन्द्रीय कमिटिका अध्यक्ष मित्रलाल शर्मा, लुम्बिनि प्रदेश कमिटी अध्यक्ष हेमनाथ ज्ञवाली, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष  देबिदत्त आचार्य, नेकपा (एमाले)जिल्ला कमिटि उपसचिव क.निर्मला सुनार लगायतको सहभागितामा सम्पन्न भएको थियो।